राजेश र राजको चलचित्र ‘नरसिंहा अवतार’को ट्रेलर सार्वजनिक, पहिलो घण्टामा नै ट्रेन्डिङमा



काठमाडौं – आठ वर्षपछि चलचित्रमा फर्किएका अभिनेता राजेश हमालको एक्सन प्रधान चलचित्र ‘नरसिंहा अवतार’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा भएको कार्यक्रममा ३ मिनेट १५ सेकेन्डको ट्रेलर देखाइएको हो । ट्रेलरमा बलात्कार, हत्या, हिंसा र भ्रष्टाचार जस्ता गम्भीर विषयहरूमाथिको लडाइँ समेटिएको छ ।

राजेश हमाल ट्रेलरमा दुई फरक गेटअपमा एक्सन गर्दै देखिएका छन् । उनले अन्याय र अत्याचारको विरुद्धमा लड्ने मान्छेको भूमिका निभाएका छन् । ट्रेलरको अन्त्यमा उनको चर्चित ‘हे…’ भन्ने डाइलग पनि सुन्न सकिन्छ । चलचित्रमा उनकी श्रीमतीको भूमिकामा नीति शाहले अभिनय गरेकी छन् । यस्तै, नव अभिनेता राज कटुवाललाई पनि एक्सन दृश्यमा देख्न सकिन्छ ।

दिवाकर भट्टराईले यो चलचित्र लेखेका र निर्देशन गरेका हुन्, जसमा सरोज खनाल, सनिशा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जङ्ग बस्नेत, दीपा शाही, अमित गिरी र एभेलिना खड्का लगायत कलाकारहरू पनि छन् । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने फिल्मका निर्माता हुन् । यो चलचित्र जेठ ९ गतेदेखि हलमा लाग्नेछ ।

ट्रेलर सार्वजनिक भएको पहिलो घण्टामा नै युट्युबको नेपालको लागि चलचित्र सेक्सनमा ट्रेन्डिङमा परेको थियो ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu