महाराजधिराजमा वर्षा राउत



काठमाडौं – अभिनेत्री वर्षा राउत चलचित्र ‘महाराजधिराज’मा अनुबन्ध भएकी छन् । राउत प्रमुख भूमिकाको लागि अनुबन्धित भएको जनाइएको छ । यसअघि नै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, जयकिशन बस्नेत र वर्षा सिवाकोटी पनि यो चलचित्रमा अनुबन्ध भइसकेका छन् । 

यो चलचित्र परिच्छेद सेनले निर्देशन गर्दै छन् । उनले यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए, जुन दर्शक र समीक्षकहरूले मन पराएका थिए । ‘महाराजधिराज’को कथा पनि सेनले नै लेखेका हुन् ।

यो चलचित्र आगामी दसैँको फूलपातीमा प्रदर्शन हुनेछ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको निर्माणमा बन्न लागेको यो चलचित्रका प्रस्तुत कर्ता बिराज विष्ट हुन्, जसले यसअघि राष्ट्रिय पुरस्कार जितेको ‘बुलाकी’ बनाएका थिए । टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का यस चलचित्रका निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu