
काठमाडौं – फ्रान्समा सुरु भएको ‘कान्स फिल्म फेस्टिभल २०२५’ मा नेपाली चलचित्र ‘एक्लो’ ले उपस्थिति जनाएको छ । यसका निर्देशक प्रदीप शाही र अभिनेता प्रदीप खड्का यस फेस्टिभलमा सहभागी भएका छन् ।
‘एक्लो’ लाई अन्तर्राष्ट्रिय बजारमा चिनाउनका लागि कान्सको ‘मार्चे दु फिल्म’ मा पहिलो पटक नेपाली फिल्मको स्टल राखिएको थियो । कान्समा निर्देशक शाहीले विभिन्न वितरक र निर्माताहरूसँग फिल्मको बारेमा छलफल गरेका छन् ।
‘एक्लो’ एक साइन्स फिक्सन चलचित्र हो, जसमा प्रदीप खड्का, बेनिशा हमाल लगायत थुप्रै कलाकारको अभिनय छ । यसका निर्माताहरूले यसको प्रदर्शन मिति छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।