
काठमाडौं – ‘द ब्ल्यू लाइट’ नामक चलचित्रको औपचारिक घोषणा गरिएको छ । मङ्गलवार निर्माण पक्षले एक थिम पोस्टर सार्वजनिक गर्दै यसको निर्माण कार्य अगाडि बढेको जानकारी दिएको हो ।
यो चलचित्रको निर्देशनको जिम्मा बलिराम चौहानले लिएका छन् । चौहान यसअघि नै बहु प्रतीक्षित चलचित्र ‘बलिदान’ को लेखक र मुख्य सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् । ‘द ब्ल्यू लाइट’ उनको निर्देशकीय डेब्यु हुनेछ ।
स्काइफल पिक्चर्सको प्रस्तुतिमा बन्ने यो चलचित्रमा रमन ग्रे सह निर्माताको भूमिकामा रहनेछन् । चलचित्रलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।
सार्वजनिक गरिएको थिम पोस्टरमा नाम अनुसार निलो रङको बाहुल्यता देखिन्छ। । पोस्टरको मध्य भागमा एक बालिका उभिएकी छन्, जसको कम्मरदेखि माथिको पछाडिको भाग र जुङरुङ्ग कपाल मात्र देखिन्छ । उनको अगाडि निलो रङ र बादलजस्तो आकृति देखिन्छ । बालिकाको हाउभाउ र अवस्थाले उनी विक्षिप्त भएको अनुमान लगाउन सकिन्छ, यद्यपि यो प्रस्ट पारिएको छैन ।