
काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा वैशाख १ गते घोषणा गरिएको सामाजिक प्रेम कथानक चलचित्र ‘जदौ’ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छन् ।
सिल्भर स्क्रिन इन्टरटेनमेन्ट र सम्मिश्रण मुभिज एन्ड इन्टरटेनमेन्ट प्रालिले संयुक्त रूपमा निर्माण गर्ने यो चलचित्रको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ । यद्यपि, चलचित्रको निर्देशकको बारेमा भने निर्माण टोलीले हालसम्म खुलाएको छैन ।
‘जदौ’ को छायाङ्कन भदौबाट सुरु गरिनेछ र यसको छायाङ्कन श्याम तामाङ गर्नेछन् । चलचित्रको निर्माण व्यवस्थापन बुद्धि माझीले गर्नेछन् भने गीतहरूमा बाबुल गिरीको सङ्गीत रहनेछ ।
चलचित्रका सह निर्माताहरूमा ओम चेम्जोङ, राजाराम सुवेदी र शान्ता तामाङ रहेका छन् ।