
काठमाडौं – आगामी भदौ ६ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जनै हराएको मान्छे’ले नयाँ क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । यो लुक्स पोस्टरमा कलाकारहरू भोलाराज सापकोटा र आरुस भुसालको लुक्स पनि सार्वजनिक गरिएको हो, जसमा उनीहरू बाबु छोराको भूमिकामा छन् ।
हिमाल न्यौपानेले निर्देशन गरेको यस चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । उनीसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । कमल न्यौपाने र विमल न्यौपाने निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा नारायण तिम्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डिओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।