चलचित्र ‘नाकछोङ’को फर्स्ट लुक सार्वजनिक



काठमाडौं – नेपाली चलचित्र ‘नाकछोङ’ (बिजुवा) को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको प्रचारप्रसार अभियान सुरु गर्दै मुख्य कलाकार भुवन सिंह राईलाई विशेष स्थान दिएर यो फर्स्ट लुक सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा काठमाडौँ सहर र परम्परागत ‘बिजुवा’को आकृतिलाई कलात्मक ढङ्गले समेटिएको छ । यो प्रस्तुतिले फिल्मले गहिरो र अर्थपूर्ण विषयवस्तुलाई उठान गरेको सङ्केत गर्दछ ।

ज्योतिराज राई प्रस्तुत कर्ता रहेको यस चलचित्रमा भुवन सिंह राईका साथै यासेली योङ्हाङ, शुष्मा सुब्बा गुरुङ, सारा राई, तायाहाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ, विनोद पोमो, तुलशा लिम्बु, मदन खोदूङ राई, ससिता राई, ससा लिम्बू, मिसन बान्तवा राई र बाल कलाकार जेशन राई लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसको लेखन तथा निर्देशन किरण राईले गरेका हुन् । पोपीराज राई निर्माता रहेको ‘नाकछोङ’ को छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् । चलचित्रमा राजन मुकारुङ र विष्णु किराँतीको शब्द, दिनेशकाजी बान्तवा र अनिल कोइ राईको सङ्गीत रहेको छ भने गीतमा नोगेन लिम्बु र परेस राईले स्वर दिएका छन् ।

चलचित्रमा बारत लिम्बु मुख्य सहायक निर्देशकको भूमिकामा छन् भने कार्यकारी निर्माताको रूपमा रमु श्रेष्ठ रहेका छन् । निर्देशक किरण र प्रस्तुत कर्ता ज्योतिराजले संयुक्त रूपमा पटकथा सम्पादन गरेका छन् । यसै गरी, मनिष निरौलाको पार्श्व सङ्गीत, अनिल रानाको कलर ग्रेडिङ र सागर अर्यालको ध्वनि संयोजन तथा मिक्सिङ रहेको छ । गिरीराज राई र कमल लिम्बु (सार्के) निर्माण नियन्त्रकको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu