दयाहाङ र प्रकाशको ‘मिरमिरे’ वर्कसपमा



काठमाडौं – नेपाली चलचित्र ‘मिरमिरे’को वर्कसप औपचारिक रूपमा सुरु भएको छ । यस चलचित्रमा मुख्य भूमिकामा लोकप्रिय अभिनेता दयाहाङ राई र चर्चित गायक तथा अभिनेता प्रकाश सपूत रहेका छन् ।

निर्देशक यम शेर्पाका अनुसार, आइतबारदेखि चलचित्रका मुख्य कलाकारहरूसहित वर्कसप सुरु गरिएको हो । शेर्पाले वर्कसपको उद्देश्यबारे स्पष्ट पार्दै भने, “छायाङ्कनका क्रममा सहजता होस्, कलाकारहरूलाई कथा र आफ्नो भूमिकाबारे राम्रोसँग बुझ्न सहयोग पुगोस्, र उनीहरूबिचको तालमेल अझ राम्रो होस् भन्ने उद्देश्यले हामीले यो वर्कसप सुरु गरेका हौँ । यसले हामीलाई चलचित्रको छायाङ्कन छिटो सम्पन्न गर्न थप मद्दत पुग्नेछ ।”

हाल कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको ‘मिरमिरे’ को छायाङ्कन आउँदो शुक्रवारबाट सुरु हुनेछ । चलचित्रको अधिकांश दृश्य काभ्रे जिल्लामा खिचिने जनाइएको छ ।

विशेष गरी, यो चलचित्रमार्फत दयाहाङ राई र प्रकाश सपूतले पहिलो पटक सँगै काम गर्दैछन् । यता, निर्देशक यम शेर्पाले भने दयाहाङसँग दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यसअघि शेर्पाको निर्देशनमा बनेको पहिलो चलचित्र ‘कार्साङ’ मा पनि दयाहाङले अभिनय गरेका थिए ।

यार्सा फिल्म्स को प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई र प्रकाश सपूतका साथै अभिनेत्री सिर्जना निङलेखु र अभिनेता माओत्से गुरुङ को पनि अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu