
काठमाडौं – यही असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक भएको छ। देशभक्तिपूर्ण कथावस्तुमा आधारित यस चलचित्रको शीर्ष गीतको भिडियोमा मुख्य कलाकारहरू विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, आयुशा समाल, बुद्धि तामाङ र मित्र प्रधानले अभिनय गरेका छन्। गीतमा विकास चौधरीको सङ्गीत, शङ्कर अधिकारी ‘घायल’ को शब्द र कमल रसाइलीको स्वर रहेको छ। कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको यस गीतमा करिब २०० वटा राष्ट्रिय झन्डाको प्रयोग गरिएको छ।
पद्मा ईश्वर इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको ‘यो मन त मेरो नेपाली हो’ का प्रस्तुत कर्ता मित्र प्रधान हुन् भने ज्ञानबहादुर प्रधान (रोशन) ले यस चलचित्रको निर्माण गरेका हुन्। चलचित्रमा नारायण खाती, भूपेन्द्र लिङ्देन “मन्त्री”, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।
मित्र प्रधान (नर) को निर्देशन रहेको यस चलचित्रको पटकथा शिवम् अधिकारीले लेखेका हुन्। यसमा सौरभ लामाको छायाङ्कन, देव महर्जनको द्वन्द्व निर्देशन, समीर मियाको भीएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, वनिश शाहको सम्पादन तथा सत्यम रानाको सीजीआई रहेको छ।
गीत: