‘मैझारो’बाट निर्देशनमा डेब्यु गर्दै विल्सन, मुख्य भूमिकामा धीरज अनुबन्ध



‘तक्मे बुढा’को रुपमा परिचित कलाकार विल्सन विक्रम राईले चलचित्र ‘मैझारो’बाट निर्देशनमा डेब्यु गर्ने भएका छन् । सोमबार उनले मुख्य भूमिकामा अभिनेता धीरज मगरलाई अनुबन्ध गर्दै चलचित्र निर्माणको घोषणा गरेका हुन् । यसमा विल्सन स्वयंको लेखन रहेको छ ।

यस चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ भने सौरभ लामाले छायांकन गर्नेछन् । विल्सनका अनुसार अन्य कलाकारहरूको नाम केही दिनमा सार्वजनिक गरिनेछ । आगामी साउनको पहिलो हप्ताबाट चलचित्रको छायांकन सुरु हुनेछ ।

निर्देशक राईले ‘मैझारो’को छायांकन इलाम र पाँचथरका रमणीय स्थानहरूमा गरिने बताए । उनका अनुसार यो चलचित्र सामाजिक कथावस्तुमा आधारित भएर बन्नेछ । पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थताको चित्रण चलचित्रमा गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu