आयुषाको प्रेममा सबिन श्रेष्ठ | गायक लोकेन्द्र राई चम्किँदै



sabin-aayusha

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पहिलो एल्बम ‘यादमा’बाट राम सिटौलाको संगीतमा ‘पल पलको यादमा तिमी संगै रम्न पाउँ …’ बोलको गीत हिट भएसँगै गायक लोकेन्द्र राई नेपाली संगीतमा लगभग दशक अघि चर्चामा आएका थिए । ‘पल पल’ पछि उनि निरन्तर संगीत अभ्यास र अध्यायनमा लागी परिरहँदा ईपीएस प्रणाली मार्फत बैदेशिक रोजगारीमा दक्षिण कोरिया पुगेका उनि संगीतलाई भने कहिल्यै साथ छोडेनन् ।

केहि समय अघि नेपाल आएर आफ्नो दोस्रो एल्बम र म्युजिक भिडियो समेत तयार परेर रोजगारीमा फर्केका उनको यतिबेला नेपाली संगीत बजारमा ‘सायद’ एल्बमको शिर्ष गीत र म्यूजिक भिडियोले चर्चा बटुली रहेको छ ।

‘सायद तिम्रो मायामा डुबें म …’ संगीतकार राम सिटौलाको शब्द संगीतमा रहेको यस गीतको म्युजिक भिडियोको तारिफ यतिबेला नेपाली संगीत बजारमा चर्किएको छ । अर्जुन अधिकारीको निर्देशन तथा हरी हुमागाईँको छायांकन रहेको यस म्युजिक भिडियोमा सविन श्रेष्ठ र आयुसा राईले अभिनय गरेका छन् ।

यस म्युजिक भिडियोलाई एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको छ । ‘पल पल’ जस्तै यस एल्बम र म्यूजिक भिडियोले जस्तै लोकेन्द्र राईलाई यस एल्बमले पनि चर्चा दिलाउने पक्का पक्की देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu