‘हामी तीन भाइ’को प्रेमिल गीत ‘झम्के फुली’ सार्वजनिक



काठमाडौं – राम नवमीको पावन अवसर पारेर आगामी चैत १३ गतेदेखि देशभरका सिनेमा घरमा आउन लागेको चलचित्र ‘हामी तीन भाइ’को निर्माण टोली यति बेला प्रचारप्रसारमा अहोरात्र खटिएको छ। यसअघि नै टिजर र ट्रेलर सार्वजनिक गरेर दर्शकको ध्यान तानिसकेको यस चलचित्रले आफ्नो प्रचार अभियानलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित शुक्रवार ‘झम्के फुली’ बोलको नयाँ साङ्गीतिक कोसेली सार्वजनिक गरेको छ। चलचित्रका कलाकारहरू पनि यति बेला दर्शकमाझ पुग्न निकै सक्रिय देखिएका छन्।

युवावस्थाको प्रेम, रोमान्स र आकर्षणको भावलाई निकै सुन्दर ढङ्गले प्रस्तुत गरिएको यस गीतमा चर्चित गायिका अस्मिता अधिकारी र साप शक्तिको सुमधुर स्वर सुन्न सकिन्छ। सुवलमणि सापकोटाको मनमोहक शब्द रचना रहेको यस गीतलाई गायक शक्ति स्वयंले सङ्गीतबद्ध गरेका हुन् भने महाराज थापाले सङ्गीत संयोजनको जिम्मा सम्हालेका छन्। सार्वजनिक म्युजिक भिडियोमा चलचित्रका प्रमुख अनुहारहरू फलित राई, जाह्नवी बस्नेत, कुशल विष्ट र आश्मा गिरीलाई आकर्षक अन्दाजमा फिचर गरिएको छ।

निर्देशक मधुसुदन भट्टराईको कुशल निर्देशनमा तयार भएको यस चलचित्रमा अन्य थुप्रै दिग्गज तथा लोकप्रिय कलाकारहरूको जम्बो टोली नै अटाएको छ। विनोद न्यौपाने, लक्ष्मी बर्देवा, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा, विकास चापागाईं, सुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मादेखि पवन केसीसम्मको दमदार अभिनय चलचित्रमा हेर्न पाइनेछ। त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले संयुक्त रूपमा निर्माण गरेको यस चलचित्रमा साजित महत प्रस्तुतकर्ताका रूपमा रहेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी विक्रम तामाङले निभाएका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu