कोमल वलीका शिवले तीजमा के गर्लान् ?



komal-shiva

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गायिका कोमल ओलीलाई नेपाली गीतसंगीत बुझ्नेहरुले नचिन्ने बिरलै होलान् । गायिकाको रुपमा जति चर्चित छिन त्यती नै उनी नारीहरुको पर्व तीजको समयमा चर्चामा आउँछिन् ।

अविवाहित रहेको कारण देखाउँदै भगवानलाई नै ‘च्यालेन्ज’ गर्न पछी नपर्ने ओलीको तीजको गीत ‘पोइला जान पाम शिव’ चर्चित सँगै विवादित पनि बन्यो, विवादको कारण जति चर्चामा आयो त्यती नै दर्शक तथा श्रोताको मनमा पनि बस्यो । त्यसरी नै ओलीको यो पटकको तीजलाई लक्षित गरेर नयाँ गीतको सुटिङ सकाईएको छ ।

‘हल्ला भो शिवजी तिम्रो मेरो माया प्रेमको’ बोलको गीतमा चलचित्र ‘बिजयपथ’ र ‘राजनिति’की नायिका नायिका पबित्रा आचार्यले कोरियोग्राफी गरेको यो भिडियोलाई बसन्त निरौलाले एक्शन कट गर्दै ओलीलाई नचाएका छन् ।

गीतलाई जतिसक्दो छिटो सार्वजनिक गरिने निर्देशक निरौलाले बताए । चलचित्रसँगै पछिल्लो समय भिडियो निर्देशनमा व्यस्त निर्देशक निरौलाको एक्शन कटको कोमल ओलीको यो भिडियोले ‘कमाल गर्छ कि नाईं’ त्यो भने पछी नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu