श्रावण १६ मा सर्‍यो ‘पुण्टे परेड’



punte-pared

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पर्याप्त ‘पब्लिसिटी’ नपुगेको भन्दै चलचित्र ‘पुन्टे परेड’को प्रदर्शन मिती धकेलिएको छ । श्रावण २ मा आउने भनिएको यो चलचित्र अब दुई हप्ता पछी मात्रै दर्शकले हेर्न पाउने भएका हुन् । चलचित्र श्रावण १६ गतेबाट प्रदर्शनमा आउने छ ।

यो चलचित्र अब ‘मेरो भ्यालेन्टाइन’ चलचित्रसँग भिड्ने छ । प्राबिधिक कारणबस चलचित्रको प्रदर्शनको मिती सरेको निर्देशक सुवास कोईरालाले बताए । साहन मुभी मेकर्स र आइडियाज एण्ड इमेजेज प्रा. लि. को ब्यानरमा निर्मित चलचित्रमा शान वस्नेतको कथा रहेको छ ।

यो चलचित्रमा संयम पुरी, एन्जिला दाहाल, निलु डोमा शेर्पा , रबिन्द्र खड्का , स्वेता थापा , गीता अधिकारी , सरोज श्रेष्ठ , नाजिर हुसेन संगै नायिका प्रियंका कार्की पनि बिशेष भुमिकाका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu