स्वर्णिमा भइन् हिमालय प्रिन्सेस् नेपाल



Himalay1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आन्तरिक पर्यटनको विकासमा युवाको सहभागिता” भन्ने विश्वासका साथ आयोजना भएको नेपालकै पहिलो एडभेन्चर्स एवं पृथक सौन्दर्य प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।१६ देखि २२ वर्ष उमेरका युवा महिलाहरुको विकास सँगै नेपालको आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य रहेको उक्त कार्यक्रमको आयोजना रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले गरेका थिए भने उक्त कार्यक्रमको कोरियोग्राफी राज फैजुले गरेका थिए ।

Himalay2
‘यदि तपाई विजेता हुनुभयो भन्ने आन्तरिक पर्यटन विकासमा तपाईको दायित्व, भूमिका कस्तो रहनेछ ?’ भन्ने प्रश्नको उत्तर दिदै हिमालय प्रिन्सेस नेपालको ताज स्वणिर्मा शाक्यले जित्न सफल भएकी हुन् । साथै उनले वेस्ट वाकको टाइटल पनि प्राप्त गरेकी थिइन् । त्यसैगरी कार्यक्रमको फर्स्ट रनरअपमा विना अधिकारीले एस.एम.एस. अवार्ड पनि प्राप्त गरेकी थिइन् ।

सेकेन्ड रनरअप सुवासी श्रेष्ठले मिस आइकोनिक आइजको उपाधि पनि जितेका थिए । वेस्ट ड्रेसमा ईशा खत्री, फोटोजेनिकमा प्रलिता राना मगर, स्माइलमा रिसा अवाले, फ्रेण्डशिपमा अंकिता शाह, हेयरमा स्वेता श्रेष्ठ, कम्पलेक्सनमा ओजस्वी श्रेष्ठ, पर्सनालिटिमा विदुषी दाहाल, डिसिप्लेनमा प्रिती जैशवाल, ट्यालेन्टमा रिनु मर्हजन र एडभेन्चरमा बुनु खड्काले अवार्ड प्राप्त गरेका थिए ।

Himalay3

कार्यक्रमका विजेता तथा उपविजेतालाई विभिन्न गिफ्ट हयाम्परका साथै म्यूजिक भिडिओ, विज्ञापनमा र आन्तरिक पर्यटनको विकासका कार्यक्रमहरुमा सहभागी गराइने छ । कार्यक्रममा निर्णायकहरुमा कलाकार नम्रता श्रेष्ठ, गजित विस्ट, डिजाइनर मन्जु बन्जारा ढकाल गायिका शशी रावल, मोडल सिम्पल खनाल, पत्रकार सिर्जना दुवाल श्रेष्ठ र संचारकर्मी दिपेन्द्र घिमिरे रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu