चार दशक पछि रिमिक्समा आयो ‘आलु र तामा’ | भिडियो



paul

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
२०३२ सालमा रेडियो नेपालमा सोम बहादुर घलानले रेकर्ड गरेको ‘आलु र तामा हजुर…’ बोलको गीतको रिमिक्स भर्सनमा भिडियो सहित आएको छ । घलान तामाङ समुदायमा जिल्लामा नै एसएसली उत्तीर्ण गर्ने पहिलो व्यक्ति गायक सोम बहादुरले गाएको यो गीत करिव चार दशक नेपाली संगीतमा घन्किसकेको छ । यहि चर्चित गीतलाई सञ्जोक योञ्जन लामाले रिमिक्स गरेका हुन् ।

यो गीतलाई ‘समुन्द्र पारी ३’ एल्बममा समावेश गरिएको छ । मोक्ष प्रोडक्शनले यो गीतको भिडियो तयार पारेको छ । प्रबिन श्रेष्ठले निर्देशन गरेको यो भिडियोमा पाउल शाह, रोहित जंग कार्की, राम बहादुर पुन लगाएतले अभिनय गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् भने सम्पादन मोक्ष टिमले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu