परेलीको आकाश मार्फत पुनः झुल्कीए गायक रविन शर्मा



rabin-sharmaठुलोपर्दा डटकम, काठमाण्डौ ।
कुन मन्दिरमा जान्छौ यात्री, जुनी जुनीलाइ, तिमी यसै लजाया, फूल झरेपनी काँडा झर्दैन म मरे पनी मेरो माया मर्दैन जस्ता चर्चित गीतका गायक रविन शर्मा फेरी एक पटक आफ्नो नया एल्वम “परेलीको आकाश” मार्फत झुल्कीएका छन् ।

काठमाण्डौको सर्वनाम थिएटरमा एक कार्यक्रमा विच “परेलीको आकाश” विमोचन गरियो । एल्वममा रविनका वटा पाँच गीत समेटिएका छन् । करिव दश वर्पको अन्तराल पछि नयाँ एल्वम लिएर आएका गायक शर्माको एल्वम सांगीतीक क्षेत्रका हस्तीहरुको वाक्लो उपस्थितीमा बरिष्ठ गितकार रत्न सम्शेर थापाले विमोचन गरेका थिए ।

करिव डेढ घण्टा लामो विमोचन कार्यक्रममा शर्माले आपनो नयाँ एल्वममा रहेका माया जालैमा, पछि फर्केर एकपल्ट फेरी बैश वोलाउझै भो, तिमी मरेपनी जस्ता गीत गुनगुनाए । साथै, आगामी एल्वममा समावेश हुन लागेको एउटा मिठो सपनाको देश वोलको गीत गाएका थिए । “परेलीको आकाश”मा गीतकार पुस्कर पराजुलीको शब्द तथा सरोज सिन्हाको संगीत रहको छ ।

कार्यक्रममा अभि सुवेदी, कुन्ती मोत्तान, बुलु मुकारुम, शक्ति बल्लब, न्यूह बज्राचार्य, रमण घिमीरे, दिपक जंगम, लगायतको उपस्थिीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu