हेटौँडामा ‘मिस्टर एन्ड मिस नारायणी’ हुँदै



narayaठुलोपर्दा डटकम, काठमाण्डौ ।
मनोरन्जनको क्षेत्र मानिने सौन्दर्य प्रतियोगिताले समाजका सबै उमेरका व्यक्तिलाई समेट्दै अगाडी बढेको पाइन्छ । शहर बजारमा बस्ने युवा तथा युवती होस वा गाउामा उनिहरु भित्रको वास्तविक प्रतिभालाई उजागर गर्ने उदेश्यले यस्ता प्रतियोगिता आयोजना हुन्छन् । यस क्रममा ‘मिस्टर एन्ड मिस नारायणी २०१४’ हुने भएको छ ।

स्प्रिङ्ग मिडिया प्रा.लि.द्वारा आयोजित मिस्टर एन्ड मिस नारायणी हेटौँडामा सञ्चालन हुन लागेको बताईएको छ । कार्यक्रममा १८ वर्ष देखी २८ वर्षमुनिका अविवाहित युवा तथा १६ वर्ष देखी २६ वर्षमुनिका युवतीले सहभागिता जनाउन सक्नेछन् । बिरंगज, हेटौँडा, चितवनमाबाट छनौटमा परेका २०/२० प्रतियोगीलाई फाइनल चरणमा लगिनेछ जसमा प्रतियोगीले फाइनलको तयारी कम्रश हेटौडाको विभिन्न स्थानमा गर्नेछन् ।

मिस नारायणी विजेताले स्कुटी फस्ट रनरअपले पच्चीस हजार नगद, फिल्मका, म्युजिक भिडियो, सेकेन्ड रनरअपले नगद पन्ध्र हजार तथा फिल्मका साथै म्युजिक भिडियोमा मौका पाउनेछन् यस्तै मिस्टर नारायणीले नगद पचहत्तर हजार नगदका साथै फिल्म, म्युजिक भिडियो क्रमशः फस्ट रनरअपले पच्चीस हजार, सेकेन्ड रनरअपले पन्ध्र हजारका साथै तीन म्युजिक भिडियोमा काम गर्ने मौका पाउनुको साथै उपाधी हात पार्नेछन् ।

आवेदन फारम भदौ १२ गतेसम्मको लागि खुल्ला गरिएको छ । छनौट कायक्रम भदौ १५ गतेबाट हेटौडामा सुरु हुनेछ । दशैँ अगावै फाईनल हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu