हर्षिकाको लागि फुलको हत्या (भिडियो)



phoolko-hatya

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लामोसमयको प्रतिक्षापछि गायक बादल प्रसाईँको ‘फुलको हत्या’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अडियो केही साताअघि नै सार्वजनिक भइ चर्चामा रहेको छ ।

ब्रेकअप भएपछि पनि व्यवसायिक सम्बन्धलाई निरन्तरता दिँदै बादल र हर्षिका फेरी एकसाथ अभिनयमा देखिएका छन् । उनीहरुले भिडियोका लागी केही हट दृश्यहरु पनि दिएका छन् । ‘कथाले मागेअनुसार अभिनय गरेका छौँ, समाजलाई अपाच्य हने किसिमको अभिनय भने होइन्’, बादलले भिडियोका विषयमा स्पष्ट पारे ।

तर ब्रेकअप भइसकेपछि पनि काम गर्न गाह्रो भएन ? भन्ने प्रश्नमा उनले जवाफ फर्काए– ‘हाम्रो व्यक्तिगत सम्बन्धको ब्रेकअप भएको हो, व्यवसायिक सम्बन्धको होइन ।’

भिजे विवेक खतिवडाले निर्देशन गरेको भिडियोलाई निकै नै रोचक ढंगले प्रस्तुत गरिएको छ । भिडियोलाई अनिल कुर्लले खिचेका हुन् भने उज्वल श्रेष्ठले सम्पादन गरेका हुन् । बादल र हर्षिका अलावा भिडियोमा मदन खनालको पनि अभिनय छ ।

चर्चित पपगायक सुगम पोखेरेलको शब्द र संगित रहेको यो गितलाई विन्ध्यावासिनी म्यूजिकले बजारमा ल्याएको हो । भिडियोलाई अनमोल केसीले निर्माण गरेका हुन् । भिडियोमा प्रेम पछिको विछोड र पश्चतापलाई साह्रै नै आकर्षक ढंगले देखाउन खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu