मलेशियामा हुने ‘नेफ्टा चलचित्र अर्वाड’को तयारी तिव्र



nefta-award-hallश्यामसुन्दर गिरी, काठमाण्डौ। लामो समयपछी चलचित्र प्राविधिक संघले आयोजना गरेको यसपटकको नेफ्टा अवार्डको तयारी तिव्र गतीमा अगाडि बढेको छ । संघले अवार्ड पहिलो पटक विदेशमा आयोजना गर्न लागेको हो । अहिले नेफ्टा अवार्डको चर्चा परिचर्चाले नेपाली चलचित्र बजार तताएको छ । यसो त नेफ्टा अवार्डको चर्चा मलेशियामा कार्यक्रम गर्ने भने देखी नै चुलिएको थियो किनकी कुनै पनि अवार्ड बिदेशमा हुन नसकिरहेको अवस्थामा यसले नेपाली चलचित्रको अन्तरराष्ट्रिय बजार र समग्रमा नेपाली चलचित्रको प्रवर्द्धनमा टेवा मिल्ने देखिन्छ ।

आगामी कार्तिक २३ गते मलेसियाको निकै भव्य र प्रतिष्ठित हल पुत्राजाया अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुन लागेको सो अवार्ड समारोहलाई भव्य चलचित्र अवार्डको रुपमा हेरिन थालिएको छ । चुनौती र हौसलाको वावजुद पनि चलचित्र प्राबिधिक संघले गर्न लागेको उक्त अवार्ड नेपाली चलचित्रकर्मी र शुभेच्छुकको लागि मात्र नभएर राष्ट्रकै पहिचानमा प्लस हुने बिश्लेषण समेत गरिएको छ । करिब ३ हजार सिट क्षमताको विश्वप्रसिद्ध पुत्राजाया हल मलेसियाका चौथो प्रधानमन्त्री महाधीर विन मोहम्दको सम्झनामा बनाइएको हो ।

१ लाख ३५ हजार स्क्यावर मिटर क्षेत्रफलमा फैलिएको यो हललाई मलेसियन सरकारले विशेष सुरक्षा दिनुका साथै यो हलमा हुने हरेक समारोहरुलाई मलेसियन सरकारले बिशेष महत्वका साथ हेर्ने गर्छ । सो अवार्डका लागि नायक नायिका र कलाकारहरु सांगीतिक प्रस्तुतीका लागि रिर्हलसनमा व्यस्त छन् । नेफ्टा अवार्डमा सहभागी हुने कलाकार र चलचित्रकर्मीको १०० जना माथिको जम्बो टोली कार्तिक १ गते मलेसिया प्रस्थान गर्ने संघका अध्यक्ष मनोज के.सी.ले ठुलोपर्दा डटकमसँग बताएका छन् । यसपटकको नेफ्टा अवार्ड कुल ३१ विधामा वितरण गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu