रितु बनिन् पहिलो ‘मिस गुरुङ इन्टरनेशनल’



reetu

ठुलोपर्दा डटकम, काठमाडौं ।
‘पहिलो मिस गुरुङ इन्टरनेशनल-२०१४’को उपाधि रितु गुरुङले जितेकी छन् । लमजुङकी १८ बर्षिया रितुले अन्य १२ प्रतियोगीलाई पछि पार्दै उपाधि चुकेकी हुन् । मंगलबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्मपन्न प्रतियोगितामा रितु मिस क्याटवाको उपाधि समेत हासिल गरिन् ।

अन्तिम प्रतिस्पर्धामा निर्णायकहरुको प्रश्नमा सबैभन्दा उत्कृष्ट जवाफ दिएर रितुले उपाधि चुमेकी हुन् । रितुले ३५ हजार नगद सहित एरहोष्टेज ट्रेनिङको स्कलरसिप, म्युजिक भिडियो अभिनय अवसरका साथमा बिभिन्न उपहार प्राप्त गरेकी छन् ।

reetu1

त्यस्तै, प्रतियोगितामा काठमाडौ लाजिम्पाटकी जस्मिन गुरुङले फस्ट रनर अप र पोखराकी रसिला गुरुङले सेकन्ड रनर अफको उपाधि हाँसिल गरे । जस्मिनले मिस स्कृन र रसिलाले मिस डान्सको उपाधि समेत प्राप्त गरे । फष्टरनर अफ जस्मिन र सेकेन्ड रनरअफ रिसिलाले क्रमश १५-१० हजार नगद सहित बिभिन्न उपाहर प्राप्त गरे ।

मृगतिष्णा फेसन हाउसको आयोजना रहेको प्रतियोगितामा ममता गुरुङ मिस फोटो जेनिक, सुसिला गुरुङ मिस स्माइल, ओनिका गुरुङ मिस फ्रेण्ड र अनिता गुरुङ मिस पर्सनालिटी, अनामिका गुरुङ मिस भाषा, सुष्मिता गुरुङ मिस बेष्ट ट्यालेन्ट, सानु गुरुङ बेष्ट ड्रसको उपाधि बिजेता बने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu