अपिल त्रिपाठी, पोखरा ।
अघिल्लो फिल्म ‘मेरो जिवन साथी’ मा ८० लाख खन्याएर नराम्ररी डुबेका निर्माता सुर्य कार्कीले दोस्रो फिल्म ‘आबेग’ भने सस्तोमा बनाउने सोच बनाएका थिए । तर भने जस्तो भइरहेको छैन । ४० लाखमा फिल्म सक्ने योजना सहित ‘आवेग’ नामको फिल्म खिच्न निस्केका उनको यो फिल्म पनि ५५ लाख तल नसकीने देखिएको स्वयम कार्की नै बताउँछन् । तर यसपाली भने कार्की एक्लै लगानी गर्दै छैनन । राजेन्द्र घिमिरे र धनसिंह केसी पनी ‘आबेग’ का निर्माता हुन । यसपाली भने राम्रो स्कृप्ट र राम्रो टिम भएकाले फिल्म राम्रो बन्ने निर्माताको बिश्वास छ ।
“चाहिएको खर्च गर्नै पर्यो, ५५ लाख खर्च नगरी हलमा आउला जस्तो छैन” फिल्म खिच्न पोखरा आएका सुर्यले भने । सस्तो बनाउने नाममा कप्रमाइज नगर्दा फिल्मको बजेट बढेको उनको भनाई छ । फिल्म लाई बसन्त निरौलाले निर्देशन गरीरहेका छन् । फिल्ममा आर्यन सिग्देल, पवित्रा आचार्य, ध्र्रुव दत्त, अर्चना डेलाला लगायतका कलाकारले अभिनय गर्दैछन् । कोरीयोग्राफी कबिराज गहतराजले गरीरहेका छन् ।
पुरुषोत्तम प्रधानले खिचिरहेको फिल्म आगामी फागुनमा रिलीज गर्ने निर्माण पक्षको योजना छ । एउटा गीत खिच्न मात्र पोखरा आएको फिल्म युनिट दुइ दिन पछी सोमबार नै काठमाडौ फर्कीएको छ । पोखरामा छायाङ्कन गरीएको गीतमा ध्रुव दत्त र पबित्रा आचार्यले अभिनय गरेका छन् ।
साउन २७ गते बाट फ्लोर ज्वइन गरेको फिल्मको अझै दश प्रतिशत काम बाँकी रहेको निर्देशक बसन्त निरौला बताउँछन् । अबको पाँच दिनमा फिल्म प्याकअप गर्ने बसन्तको तयारी छ । जम्मा चार गीत रहेको फिल्मका संगितकार पनि चारै जना छन -अर्जुन पोख्रेल, धिरज श्रेष्ठ, टंक बुढाथोकी र दिलीप पोख्रेल ।