मिस टिनको चितवनको ताज सुहानालाई, रेमिनाको पोल्टामा ३ विधा



miss-teen-chitwanश्यामसुन्दर गिरी, चितवन। हिजो आज सुन्दरी प्रतियोगिता दिनप्रतिदिन बढ्दो क्रममा आयोजना भईरहेका छन् । केही समय पहिले सम्म राजधानी केन्द्रित सुन्दरी प्रतियोगिता अहिले मोफसलमा पनि उत्तिकै मात्रमा आयोजना भइेरहेका छन् ।

गत महिना मात्र चितवनमा मिस एरोमा चितवन नामक सुन्दरी प्रतियोगिता सम्पन्न भएको थियो त्यसको एक महिना नहुँदै फेरी अर्को सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ त्यसर्थ सुन्दरी प्रतियोगिता अब राजधानी केन्द्रित छैनन् भन्ने कुराको सङ्केत गरेको छ भने सुन्दरी प्रतियोगिताका लागि अबको गन्तव्य चितवन हो भन्ने कुराको पनि प्रमाण हुन सक्छ । साथै चितवनमा नै अहिले अर्का दुई सुन्दरी प्रतियोगिताको चरणहरु सम्चालन भइेरहेका छन् ।

यसै क्रममा लिटिल स्टार मन्टेश्वरीको आयोजनामा शनिबार वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा मिस टिन चितवन २०१३ सम्पन्न भएको छ । २४ जना प्रतियोगिलाई अन्तिम प्रतिस्पर्धाको लागि प्रस्तुत गरिएको शो कार्यक्रममा क्रमशः १५, १० र ५ हुँदै अन्तिम तीनको घोषणा गरिएको हो । २३ प्रतियोगिलाई उछिन्दै प्रतियोगी नम्बर २१ की सुहाना क्षेत्रीले मिस टिनको ताज पहिरेकी हुन् । त्यस्तै सेकेण्ड रनरअप रेमिना गिरी, फर्ष्ट रनरअप स्मिता लामाले जितेका छन् । विजेताले क्रमशः दशहजार, सातहजार र पाँच हजार नगद सहित उपहार समेत प्राप्त गरेका छन् ।

प्रतियोगितामा अन्य १० विद्यामा अवार्ड प्रदान गरिएको हो । जसमध्ये वेष्ट ड्रेसमा लक्ष्मी गुरुङ, वेष्ट आइजमा एन्लिसा भण्डारी, वेष्ट मेकप हेयरमा निशा देवकोटा, वेष्ट कल्चरमा सुमन पण्डित, वेष्ट क्याटवाट र वेष्ट परर्फमेन्समा रेमिना गिरी, वेष्ट फोटोजेनिकमा प्रेन्जिली, मिस कन्फिडेन्समा रोजा लामा, वेष्ट स्माइलमा योजना घले र मिस ट्यालेन्सको अवार्ड रोविका पाण्डेले जितेकी छिन् ।

मिस नारायणी २०११ की बिजेता स्वेच्छा राणा र मिस नेपाल २०११ की मिस पपुलारिटीकी विजेता नेहा पौडेललगायतको सात जनाको निर्णायकको टोली सो प्रतियोगिताको बिजेता घोषणा गरेका हुन् । विभिन्न चरणमा प्रश्नत्तोर, प्रतियोगीको प्रस्तुतिकरणको आधारमा सो निर्णय गरिएको थियो । प्रतियोगिहरुलाई प्रशिक्षण गुड्डी जोशीले दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu