बेलायतवासी नेपालीलाई ‘किन लाग्छ माया’को विश्वास



kina-ladchha-maya-UKगोविन्द अर्मजा, यु.के.। चलचित्र ‘छड्के’, ‘बधशाला’, ‘धन्दा’ पश्चात युकेमा नेपाली चलचित्रको प्रदर्शनमा शुन्यता छाएको थियो । आज पिटरबोरो क्याम्ब्रिजमा बाबुराम ढकाल निर्देशित ‘नाईन वो क्लक’ प्रदर्शन हुँदैछ । यो चलचित्रको रौनक भने खासै देखिएको छैन ।

२९ सेप्टेम्बरका  दिन र ६ अक्टोबरका  दिन ‘किन लाग्छ माया’ प्रदर्शन हुँदैछ । यसै चलचित्र मार्फत नेपाली चलचित्रको चहलपहल शुरु हुने संकेत मिलेको छ । वितरक हरि सिलवालले जनाएनुसार यो चलचित्र  काप्री कोर्न क्लब बार हल, प्लमस्टिमड लण्डनमा र निरमाया रोधी हलमा प्रदर्शन हुनेभएको छ । यो चलचित्रलाई गोपाल लामिछानेले निर्देशन गरेका हुन् ।

नेपालमा सुपरहिट भएको ‘किन लाग्छ माया’लाई शक्ति वल्लभ घोरासैनीले निर्माण गरेका हुन् । राज वल्लभ कोईराला, झरना थापा, शंकर लामिछाने, निखिल उप्रेती, रवि गिरी लगाएतका कलाकारहरुले सो चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu