ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बिजेश पौडेलको तेस्रो एल्बम “मेरो गीत” विमोचन भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा गायिका कुन्ति मोक्तानले उक्त एल्वम विमोचन गरेकी हुन् ।
२०६१ सालमा आफ्नो पहिलो गीत आफ्नै शब्द, संगीतमा रेकर्ड गराई सांगीतिक क्षेत्रमा प्रवेश गरेका पौडेलले “सलोनी” २०६३, “मनको पाना” २०६८ र “मेरो गीत” २०७१ गरि तीन वटा एल्बम बजारमा ल्याएका छन् ।
सार्वजनिक एल्बम “मेरो गीत” मा जम्मा ५ वटा गीत रहेका छन् । एल्बममा समावेश गीतमा योगेन्द्र मणि दाहाल, भुपेन्द्र खड्कासँगै पौडेलका आफ्नै शब्द तथा राजु सिंहसँगै पौडेल आफ्नै संगीत रहेको छ । सबै गीतमा बिजेशले स्वर दिएका छन् । साथै, गायिका देविका वन्दनाले युगल गीतमा साथ दिएकी छिन् ।