सेन्सर बोर्ड अध्यक्षमा उमाकान्त पराजुली नियुक्त



umakanta-parajuliश्यामसुन्दर गिरी, काठमाण्डौ। नेपाल सरकारले केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड )को अध्यक्षमा उमाकान्त पराजुलीलाई नियुक्त गरेको छ । यस अघि सुचना तथा सञ्चार मन्त्रालयको मुद्रण विभागका महानिर्देशक रहेका पराजुलीलाई सोमबारबाट सेन्सर बोर्डमा सरुवा गरिएको हो । सञ्चार मन्त्रालयमा आउनु अघि पराजुली परराष्ट्र मन्त्रालयका सहसचिव थिए । नवनियुक्त अध्यक्षले सोमबारदेखि आफ्नो काम समालेका छन् ।

यस्अघीका अध्यक्ष नारायणप्रसाद सञ्जेलले उमेर हद म्यादका कारण अनिवार्य अवकास पाएपछि सरकारले चलचित्र जाँचपासको जिम्मा पराजुलीलाई दिएको हो । सञ्जेल अश्लिलताको घोर विरोधी थिए । उनले आफ्नो कार्यकालमा धेरै अश्लिलता झल्काउने चलचित्रमा कैँची चलाए। कतिपय अवस्थामा उनी विवाद र आलोचनाको सिकार पनि भए, तैपनी अश्लिल फिल्मको बाढी रोक्न उनले खेलेको भूमिका सकारात्मक भए पनि उनले सोचे अनुरुप त्यस्ता चलचित्रलाई नियन्त्रण गर्न भने सकेनन् । केहीले गर्न पनि दिएनन् । उनकै पालामा नै चलचित्र चपली हाइट,एटीएम लगायत अश्लिल मानिएका चलचित्र रिलिजमा आएका थिए भने उनकै कार्यकालमा पछील्लो पटक बर्बादले पनि सेन्सर पास गरिसकेको छ ।

यस्तै चुनौती, सामना र उत्साहका बिच नवनियुक्त अध्यक्ष पराजुलीले नेपाली चलचित्रलाई कुन मोड्मा डोर्याउने हुन र उनको रोड्म्याप के हुनेछ त्यो आगामी समयले बताउने नै छ तथापी चलचित्र बजारको हल्ला अनुसार पराजुली सन्जेल भन्दा काम गर्न अझ सजिला र सन्जेलको भन्दा प्रवृत्तिगतरुपमा पनि कठोर नभएको भन्ने खालको कुराहरु सुन्नमा आएको छ । यि सव वास्तविक हुन कि होइेन र उनले आगामी नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा चलचित्र माथि कसरी कैची चलाऊने हुन त्यो थाहा पाउन धेरै समय कुर्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu