बोल्न नसक्ने नम्रताले दर्शकलाई के भन्लिन ?



namrata-sth-maunबैकुण्ठराज पराजुली, काठमाण्डौ। आफ्नो वास्तविकता भन्दा फरक अभिनय गर्नु पर्दा अफ्ठ्यारो त् सबैलाई लाग्छ नै । यस्तै अफ्ठ्यारो रोलमा सजिलो मान्दै कम सकाईन नजिक नम्रता श्रेष्ठले । प्रसङ्ग हो आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मौन’मा नायिका नाम्रताले गरेको अभिनयको ।

यो चलचित्रमा नम्रताले एक सुस्त:मनस्थितिको युवतीको भूमिला निभाएकी छिन्, जहाँ उनि आफ्नो कुराहरु शब्दको माध्यमबाट व्यक्त गर्न नसक्ने युवतीहरुको प्रतिनिधत्व गर्दै नायक अर्पण थापाको प्रेमिका बनेकी छिन । सुरज भुषालले निर्देशन गरेको यो चलचित्रमा नायक अर्पण थापा र नायिका नम्रता प्रेमी प्रेमिकाको रुपमा देखिएका छन् । यो चलचित्र नेपाली चलचित्र उद्योगमा नै मौन रहेकी नम्रताको अग्निपरिक्षा हो । चलचित्र ‘क्वार्क फिल्म’ र ‘आकाश आदित्य इन्टरटेनमेन्ट प्राली’को संयुक्त लगानीमा बनेको हो जसको निर्माता नविन गौली हुन् ।

चलचित्र ‘मौन’मा नम्रता र अर्पण संगै शेखर चापागाई,अरुणा कार्की, रश्मी, बसन्त भट्ट, विजय बराल, दुर्गा बराईली लगायतका कलाकारहरुको अभिनय छ । यो चलचित्रमा नायक नायिका बोल्न नसक्ने पात्रको रुपमा देखिएका छन् । ‘मौन’लाई बलिउड चलचित्र ‘बर्फी’बाट प्रभावित भनि धेरैले शंका गरिरहेका छन् तर नायक र नायिका तथा निर्माण पक्षबाट भने यो कुरा झुटो भएको तर्क आइरहेको छ । नायिका नम्रता श्रेष्ठको अभिनय हेर्न तड्पिएका दर्शकले लामै समयको प्रतिक्षा पछि यो चलचित्र हेर्न पाउनेछन् ।

सेन्सर बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको यो चलचित्र ‘मौन’मा बोल्न नसक्ने पत्रको रुपमा ‘स्ट्रंग’ अभिनय गरेकी नायिका नम्रता तथा नायक अर्पणकोको प्रस्तुति हेर्नको लागि सम्पूर्ण दर्शक तथा चलचित्रकर्मी आतुर छन् । यसैले पनि चलचित्रमा नायक अर्पण र नम्रताको अभिनयलाई प्रदर्शन पहिले नै धेरैले बलिउड कलाकारहरुको अभिनयसँग तुलना गरिरहेका छन् । चलचित्र ‘मौन’लाई सिनेमाटोग्राफर संजय लामाले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu