शिव रेग्मीलाई बेल्जियमबाट आर्थिक सहयोग



shiva-regmi-helpठुलोपर्दा डटकम, काठमाण्डौ। दुवै मृगौला फेल भएर अस्वस्थ रहेका निर्देशक शिव रेग्मीलाई बेल्जियमबाट पनि ८० हजार रुपैया उपचारार्थ प्राप्त भएको छ ।

विगत १५ बर्षदेखि बेल्जियममा रहेकी कलाकार पार्वती अधिकारी अध्यक्ष रहेको चितवन साहयता कोष बेल्जियम (क्याट)ले ५० हजार र पदम गुरुङ अध्यक्ष रहेको यूरो नेपाल कलाकारसंघले ३० हजार रुपैया रेग्मीको हातमा पुर्याएको हो । उक्त रकमलाई अधिकारीकी छोरी सुष्माले कलाकार रमेश बुढाथोकीको सक्रियतामा रेग्मीको घर पुगेरै प्रदान गरेकी थिईन् । यस अघि उक्त दुई संस्थाले पवन मैनाली र गायक कुमार कान्छाको उपाचारार्थ पनि सहयोग रकम प्रदान गरेको थियो ।

स्वास्थ्यमा विभिन्न उतारचढाव आएपछि किड्नी ट्रान्सप्लान्ट गर्न ढिलाई भई ओच्छायानमै रहेका रेग्मीको स्वास्थ्य अवस्थामा भने केही सुधार आएको बताईएको छ । यद्यपी प्रोटिन यूक्त खाना नखाईदिँदा रेग्मी आँफै उभिएर हिड्न सक्ने अवस्थामा चाहि छैनन् । ‘चार दिन भयो अलि कमजोर भएर हिड्न चाहि सकिरहेको छैन अरु सवै ठीक छ’ ओच्छानबाटै रेग्मीले भने । उनले शत्रुलाई पनि यस्तो रोग नलागोस भनी पुकार्दै फिल्मकर्मीहरबाट पाएको यो मायालाई मन बाटै महशुस गरेको प्रतिक्रिया दिएका छन् ।

रेग्मीका कान्छा भाईले दिईने एउटा मृगौला ट्रान्सप्लान्ट डेट आउदो मंसिर पहिलो हप्ताका लागि तोकिएको परिवारले जानकारी दिएको छ । फिभर बढेपछि उनी केही हप्ता अघि दिल्ली पुगेरपनि रित्तो हात फर्किएका थिए । रेग्मीलाई यस अघि यूकेमा रहेकी ईशा गुरुङबाट प्राप्त ५० हजार रकम चलचित्र पत्रकार संघ मार्फत प्रदान गरिएको थियो भने चलचित्र संघ बाट १ लाख र चलचित्र विकास बोर्डले पाँच लाख उपचारार्थ सहयोग रकम प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu