एमालेको अविश्वासी भुवन केसी राप्रपा नेपाल जाँदै



bhuwan-kc-raprapaठुलोपर्दा डटकम, काठमाण्डौ। नेकपा एमालेबाट उम्मेदवारको लिष्टमा परेर पुन: हटाईएका नायक भुवन केसी राप्रपा नेपाल प्रवेश गर्ने भएको खबर प्राप्त भएको छ। श्रोतले जनाएअनुसार बुधबार दिउसो एक बजे पार्टी कार्यालय सुकेधारामा हुने एक कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले भुवनलाई टीका र मालासहित पार्टी प्रवेश गराउने भएका छन्।

एमालेले कुनै भूमिका नदिएको र चाहिने सम्मान नगरेको भन्दै भुवनले चित्त दुखाएको भुवन निकट व्यक्तिहरु बताउँछन्। यसअघि बरिष्ठ फिल्मकर्मी उद्धव पौड्याल राप्रपा नेपाल प्रवेश गरेका थिए। पौड्याल पनि त्यसअघि नेकपा एमालेकै राजनीति गर्थे।

एमालेले यसअघि प्रत्यक्ष तर्फको उम्मेदवारको लागि काठमाण्डौ क्षेत्र नम्वर १ बाट सिफारिसमा परेका नायक भुवन केसीको नाम हटाएर नेत्री सावित्रा भुषालको नाम अगाडी सारेको थियो। श्रोतका अनुसार अन्य पार्टीको प्रतिद्वन्दीको तुलनामा नायक भुवन केसी बलियो दाबेदार नदेखिएको ले पार्टीले उनको नाम हटाईएको थियो। सोहि मौका छोपेर कमल थापाले केसीलाई आफ्नो पार्टी प्रवेश गराउने भएको बताईन्छ।

यो पनि पढ्नुहोस्:
भुवन केसीको विश्वास लागेन एमालेलाई, उम्मेदवार सुचिबाट हटायो

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu