कार्तिक ८ गते जडिबुटीको लागि ‘वार’



neeta-dhungana-warठुलोपर्दा डटकम, काठमाण्डौ। नेपालमा औषधीको रुपमा प्रयोगमा आउने धेरै प्रकारका आयुर्वेदिक जडिबुटी पाइन्छ । त्यसैले नेपाललाई औषधीको खानी भएको देश मानिन्छ । चलचित्रको कुरा हुनुपर्नेमा किन जडिबुटीको कुरा आयो भनि आश्चर्यमा पर्नु भएको हो भने आश्चर्यमा नपर्नुस कुरा चलचित्र को नै हो । आगामी कार्तिक ८ गते रिलिज मिति तोकिएको चलचित्र ‘वार’ले यस्तै कथालाई चलचित्र भित्रको मुख्य विषयवस्तु बनाएको छ । चलचित्रमा नेपाली जडिबुटी माथि बिदेशी मुलुकले लगाएको गलत नजर लाई पनि जोडिएको छ ।

चलचित्र ‘वार’ले नेपालको सम्पत्ती नेपालमा नै उपयोग हुनुपर्छ भन्ने सन्देश दिन खोजेको सो चलचित्रको निर्माण युनिट ले बताएको छ । जहाँ नेपाली आयुर्वेदिक जडिबुटीको बारेमा बिदेशी मुलुकसँग चलिरहेको नेपालको द्धन्दलाई काल्पनिक रूपमा प्रस्तुत गरिएको छ । केहि दिन पहिले सार्बजनिक यो चलचित्रको प्रोमोमा पनि आयुर्वेदिक पुस्तकलाई मुख्य केन्द्रमा राखिएको छ ।

यो चलचित्रलाई सुबोध भट्ट र किशोर भट्टले संयुक्त लगानीमा निर्माण गरेका हुन् । चलचित्रमा नायक बिराज भट्टका भाई कृष्ण भट्ट र निता ढुङ्गानाको मुख्य भुमिका छ । यसघि नै सेन्सर बाट पीजी सर्टिफिकेट पाएको यो चलचित्र ‘वार’ एक्सन श्रेणीको चलचित्र हो । मानव सुवेदी र निरजराज पौडेलको संगीत रहेको यो चलचित्र ‘वार’ को कथा किशोर भट्टले लेखेका हुन् भने सौरभ लामाले यो चलचित्र खिचेका छन् । बनिश शाहको सम्पादन, हिमाल केसीको द्धन्दनिर्देशन तथा बब्बु थापाको करियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu