पूर्व प्रेमीकाको बिहेमा आँफै फोटो खिच्न पुग्दा (भिडियो)



Ekantama

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
आफ्नै प्रेमिकाले धोका दिएर अर्कैसँग बिहे गर्दा कसको मन दुख्दैन र ? यहाँ त्यतिमात्र भएन । प्रेमीकाको बिहेमा आँफै फोटोग्राफर भएपछि एक युवालाई हुनसम्मको चोट परेको छ । यो कथा एक म्यूजिक भिडियोको हो ।

मिठो आवाजका धनी भेस गुरुङले बजारमा एकान्तमा नामक म्युजिक भिडियो ल्याएका छन् । निकै आकर्षक दृश्यमा देखिएको उक्त भिडियोमा अभिनय गर्ने कलाकारको अभिनय निकै लोभलाग्दो बनेको छ ।

स्वर, शब्द तथा संगीत भेस गुरुङ्को नै रहेको यस भिडियोलाई जितेन्द्र खतिवडाले निर्देशन गरेका छन् । भिडियोमा जानकी, महेन्द्र, नुरु, मनिता र सुनिलको अभिनय रहेको छ । भिडियोका छायाँकार अमृत सुनवार हुन् ।

‘एकान्तमा बाँचि रहेछु,के तिमीलाई थाहा छ’ बोलको गीतको यस भिडियोलाई रुचाईएको निर्देशक खतिवडाले ठुलोपर्दा डटकमलाई बताए ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu