एनएफडिसी चलचित्र पुरस्कार प्रथम मनोनयन सार्वजनिक



NFDC-Awardठुलोपर्दा डटकम, काठमाण्डौ। नेपाल चलचित्र विकास कम्पनी (लि.) (एनएफडिसी)ले “एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७०” पहिलो ४ महिनामा प्रदर्शनमा आएका कुल ३४ चलचित्रको प्रारम्भिक मनोनयन भाग १ अन्तर्गत उत्कृष्ट मनोनयन (पाँच), सर्जक (प्राविधिज्ञ तथा कलाकार)को नाम सार्वजनिक गरेको छ। मूलतः नेपाली चलचित्रको समृद्धि, विकास, बिस्तार, परिमार्जन होस् तथा समग्र नेपाली चलचित्र उद्योग संरक्षित, प्रवर्तित होस् भन्नका खातिर आयोजना गरीएको एनएफडिसीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गत वर्ष जम्मा १६ विधाका लागि प्रदान गरिएको यस पुरस्कारमा यसपटक अभिनेता विश्व वस्नेतमा समर्पित गरी “विश्व” सर्वोत्कृष्ट नवनायक, अभिनेत्री चैत्य देवी सिंहमा समर्पित गरी “चैत्य” सर्वोत्कृष्ट नव नायिका, संगीतकार शुभ बहादुर सुनाममा समर्पित गरी “शुभ” सर्वोत्कृष्ट पाश्र्व संगीत र चलचित्रकर्मी तुलसी घिमीरेमा समर्पित गरी “तुलसी” सर्वोत्कृष्ट सम्पादकको विधा थप गरिएको छ ।

हरेक ४/४ महिनामा प्रारम्भिक मनोनयन (भाग १, भाग २ र भाग ३) सार्वजनिक गरी वर्षको अन्त्यमा यही मनोनयनलाई आधार मानेर फाइनल प्रतिष्पर्धाका लागि वर्षभरीको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरीने बताईएको छ । चलचित्र उद्योगमा २५ वर्षभन्दा लामो समय सम्म योगदान पुर्याएका र हाल पनि क्रियाशिल विशिष्ट चलचित्रकर्मीहरुलाई उच्च सम्मान व्यक्त गर्दै तिनै दिग्गज हस्तीहरुको नाम बाटै यो अवार्डको नाम राखिएको विज्ञप्तीमा जनाईएको छ ।

सर्वोत्कृष्ट चलचित्र निर्देशकलाई ट्रफी, प्रमाणपत्रसहित रु. १ लाख १ हजार र “मह” जुरी-क्रिटिक्स) अवार्डको बिधामा ट्रफी, प्रमाणपत्रसहित स्वदेशीलाई ५१ र विदेशी श्रष्ट्राको हकमा भने ट्रफी, प्रमाणपत्रसहित ५५५ युएस डलर प्रदान गरिने छ । यस्तै “कुसुमेरुमाल” सर्वोत्कृष्ट व्यवसायिक चलचित्रलाई ट्रफी, प्रमाणपत्र तथा अन्य सम्पुर्ण बिधाहरुमा ट्रफी, प्रमाणपत्रसहित रु. ५१ हजार प्रदान गरिने छ ।

नेपाल सरकार चलचित्र ऐन २०२६ तथा चलचित्र नियमावली २०५७ बमोजिम निर्माण भई केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भई वर्षभरीमा नेपालका कम्तिमा ५ वटा चलचित्र घरहरूमा व्यवसायिकरूपमा प्रदर्शनमा आएका नेपाली चलचित्र तथा उक्त चलचित्रमा संलग्न एवं सहभागी कलाकारहरू, प्राविधिज्ञहरू तथा लेखक राष्ट्रिय चलचित्र पुरस्कारका लागि छनोट प्रक्रियामा स्वतः सामेल छन् ।

हीरा सर्वोत्कृष्ट चलचित्र
अन्तराल
दबाब
महशुस
साँघुरो
उमा

प्रकाश सर्वोत्कृष्ट निर्देशक
छिरिङ रितार शेर्पा– उमा
दयाराम दाहाल  – दबाब
दीपा वस्नेत – अन्तराल
जोएस पाण्डे – साँघुरो
नवल नेपाल – महशुस

शिव सर्वोत्कृष्ट अभिनेता
आयुष रिजाल – मेरो मनको साथी
आर्यन सिग्देल – महशुस
गजित विष्ट – लभ फरेभर
सौगात मल्ल – उमा
सुमन सिंह – पहिलो माया हो मेरो

भुवन सर्वोत्कृष्ट अभिनेत्री
दिया मास्के – साँघुरो
झरना थापा – पहिलो माया हो मेरो
केकी अधिकारी – महशुस
निता ढुङ्गाना – दबाब
ऋचा शर्मा – उमा

नीर सर्वोत्कृष्ट सहअभिनेता
निरज बराल – लभ फरेभर
रेमनदास श्रेष्ठ – कर्कश
सुनिलदत्त पाण्डे – मेरो मनको साथी
टीका पहारी – मञ्जरी
विल्सन विक्रम राई– नेपथ्य

बसुन्धरा सर्वोत्कृष्ट सहअभिनेत्री
अशिष्मा नकर्मी – अन्तराल
वेनिशा हमाल – महशुस
करिश्मा मानन्धर – किन किन
महिमा सिलवाल – अप्रिल फूल
सौजन्य सुव्बा – शिरीषको फूल

विश्व सर्वोत्कृष्ट नवअभिनेता
आदित्य बुढाथोकी – नेपथ्य
आर्यन खड्गी – नोथिङ्ग इम्पोसिवल
गौरव पहारी – मञ्जरी
मानव सुवेदी – अन्तराल
शुशांक मैनाली – साँघुरो

चैत्य सर्वोत्कृष्ट नवअभिनेत्री
अरुणिमा लामा – किन किन
जस्मिन श्रेष्ठ – मेरो मनको साथी
नम्रता सापकोटा – अन्तराल
सर्मिला गुरुङ – शिरिषको फुल
सुजाता कोइराला – मञ्जरी

चेतन सर्वोत्कृष्ट पटकथा लेखन
अभिमन्यू निरवी   – अन्तराल
नवल नेपाल   – महशुस
छिरिङ छोदेन, कुमार भट्टराई, छिरिङ रितार शेर्पा –उमा
बिनोद पौडेल    – साँघुरो
दयाराम दाहाल   – दवाव

“शुभ” सर्वोत्कृष्ट पाश्र्व संगीत
दिनेश सुनाम   – शिरीषको फूल
इशान विक्रम शाह – उमा
आशिष चित्रकार   – अन्तराल
सुजिल कर्माचार्य   – कर्कश
एलिस कार्की   – महशुस

“भुटानी” सर्वोत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल केसी – मेरो मनको साथी
एन बि महर्जन – लभस्टोरी २०६६
राजेन्द्र खड्गी – नोथिङ्ग इम्पोसिवल
राजेन्द्र खड्गी – लफडा
रोशन श्रेष्ठ – पहिलो माया हो मेरो

“मञ्जु” सर्वोत्कृष्ट छायाँकार
दिव्य सुबेदी – महशुस
महेश पौडेल – मञ्जरी
रामशरण उप्रेती – मेरो मनको साथी
शिवराम श्रेष्ठ – अन्तराल
सुसन प्रजापती – साँघुरो

“तुलसी” सर्वोत्कृष्ट सम्पादक
अनन्त थपलिया – दवाव
अर्जुन जिसी  – अप्रिल फुल
असिम चित्रकार÷बुद्धरत्न महर्जन – अन्तराल
बद्री लामिछाने – महशुस
रजनीनाथ पन्त  – हो यही माया हो

“प्रदीप” सर्वोत्कृष्ट ध्वनी पुन
क्यानन योञ्जन – बधशाला
अमित श्रेष्ठ – मञ्जरी
दीप तुलाधर – किन किन
उत्तम न्यौपाने – उमा
फणिन्द्र राई – हो यही माया हो

“वसन्त” सर्वोत्कृष्ट नृत्य निर्देशक
दिनेश अधिकारी – चर्तुदशीको (दृष्टिकोण)
गम्भीर विष्ट – ४२० को झडका (दवाब)
गोविन्द राई – तिमि विना यो (किन किन)
कविराज गहतराज – दिल चुप छ (महशुस)
रामजी लामिछाने – पहिलो (पहिलो माया हो मेरो)

“शम्भु” सर्वोत्कृष्ट संगीतकार
विवि अनुरागी – चर्तुदशीको (दृष्टिकोण)
दिपक शर्मा – ४२० को (दवाब)
कालीप्रसाद बासकोटा – आज मनकै (मञ्जरी)
महेश खड्का – तिमी विना यो (किन किन)
सुरेश अधिकारी – दिल चुप छ (महशुस)

“उदित” सर्वोत्कृष्ट पाश्र्वगायन
दिपक लिम्बु  – कोही छैन (मेरो मनको साथी)
राज सिग्देल – दिल चुप छ (महशुस)
राजेश पायल राई – तिमी विना (किन किन)
सनुप पौडेल  – दैव हे (मञ्जरी)
शिवानी मोत्तान – ४२० को झड्का (दवाव)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu