‘तिम्रो मेरो’ भन्दै अमेरिकाबाट आए गायक छिरिङ्



prabin-sth

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
९ बर्ष देखी अमेरिका न्यूयोर्क बस्दै आए पनि गायन क्षेत्रमा पनि छन् सक्रिय छिरिङ् गुरुङ । उनले हालै ‘स्टेप वन’ नामक एल्बम बजारमा ल्याएका छन् । सोहि एल्बममा समावेश ‘तिम्रो मेरो’ बोलको गीतको भिडियो छायांकन सकिएको छ । भिडियोलाई मोक्ष प्रडक्शनले निर्माण गरिरहेको छ ।

म्यूजिक भिडियोबाट नै सुरु भएको चलचित्र निर्माण पछि मोक्ष प्रोडक्शन पुनः म्यूजिक भिडियोमा पनि सक्रिय भएको हो । आठ बर्ष चलचित्रको कोरियोग्राफी गरेपछि रिनाशा राई पनि पुनः यसै गीत मार्फत म्यूजिक भिडियोको कोरियोग्राफी फर्केकी छिन् ।

आरजे, भिजे तथा मोडल विवेक सिंह ठकुरी र बर्षा राउतको अभिनय रहेको उक्त गीतमा श्रेया सोताङ् र छिरिङ् गुरुङ्को स्वर रहेको छ । सबिन ‘एकतारे’को रचना रहेको यो गीतमा कालि प्रसाद बास्कोटाको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu