अमेरिका पुगेका मह जोडीलाई मध्यरातमा जनजाति नेताले थर्काए



maha-jodiठुलोपर्दा डटकम ।
महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई अमेरिका बसेका आदिवासी जनजाति महासंघका प्रतिनिधिले अपमान गरेका छन् । महजात्रा देखाउदै हिडेका मह जोडीलाई न्यूयोर्कमा महासंघ प्रतिनिधिले आफूले भनेअनुसारको प्रहसन देखाउन कागजमा दस्तखत गर्न बाध्य बनाएको खुलासा भएको छ ।

सबै नेपाली समुदायले सम्मान गर्ने कलाकारद्वय श्रेष्ठ र आचार्यलाई जनजाति महासंघ अमेरिका शाखाका पदाधिकारीले ‘पहिचान विरोधी’ भन्दै झमेलामा पारेको स्रोतले जनाएको छ । महजात्रामा संघीयता विरोधी र जातीय पहिचान विरोधी व्यंग्य कार्यक्रमहरु समावेश भएको भन्दै जनजाति नेताहरुले मध्यरातमा मह जोडीलाई भेटेर उनीहरुले भने बमोजिम प्रहसन देखाउन दबाब दिएको आयोजक समितिका एक सदस्यले बताए ।

गत शुक्रवार र आइतवार न्यूयोर्कमा भएको महजात्राको आयोजना रिजउड नेपाली समाजले गरेको थियो । जनजाति महासंघ अमेरिका शाखाका प्रथम उपाध्यक्ष मणी वाङदेल राई र महासचिव मानवहादुर रानासँग मह जोडीले वार्ता गरेर मध्यरातमा उनीहरुले तयार पारेको कागजमा हरिवंश आचार्यले हस्ताक्षर गरेका थिए । जसमा संघीयता र पहिचानको विषयमा कुनै पनि व्यंग्य गर्न नपाईने शर्त उनीहरुले राखेको स्रोतले जनाएको छ ।

महजात्रामा प्रस्तुत प्रहसनहरुमध्ये नेवार बहादुर, बाहुन बहादुर र मडनको फोटो स्टुडियो नामका दुई कार्यक्रममा जनजाति नेताहरुले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu