नेपालमा अर्को ब्याण्डको उदय, आउँदैछ ‘नट्टी किडस्’



nautty-kids-2-

ठुलोपर्दा डटकम, काठमाडौ ।
युवा वर्गलाई लक्षित गरेर नेपालमा सांगीतिक ब्याण्डहरु भित्रने क्रम बढ्दै गएको छ । युवावर्गलाई मनोरञ्जन दिने हिसाबले सञ्चालनमा आउन सांगीतिक ब्याण्डको माग पनि नेपालमा मात्र होइन विदेशमा समेत बढ्न थालेको छ । त्यहि क्रममा नेपालमा पनि अर्को सांगीतिक ब्याण्ड को उदाउने भएको छ ।

उत्कृष्ट गीत श्रोतालाई दिने उदेश्यले नेपाली सांगीतिक क्षेत्रमा सांगीतिक ब्याण्ड ‘नट्टी किडस्’ उदाउने तरखरमा रहेको छ । संगीतिक क्षेत्रमा मौलीक तथा नयाँ श्रृजना दिनसके देशको नाम अन्तराष्ट्रिय स्तरमा समेत पुर्याउन सकिने धारणाको यो ब्याण्ड मेम्बरमा सबिन मगर, अभिषेक शिल्पकार, सुशान्त क्षत्री, सुमन लामिछाने लगायत उत्साहित युवाहरु रहेका छन् भने ब्याण्ड मेनेजर बिजय ‘स्टीफ्लर’ हुन् ।

nautty-kids

आधिकारीक रुपमा सांगीतिक क्षेत्रमा देखिने तरखरमा रहेको यो ब्याण्ड अहिले गीत तथा गीतको भिडियो तयारीमा लागेको छ । ब्याण्डले प्रमोसन गीतमा रुपमा तयार पारेको ‘चाहेको तिमीलाई ’बोलको गीतमा म्युजिक भिडीयोको आइतबार छायांकन सकाएको छ । त्रिशुली रिभर साइड रिसर्टमा भिडीयोको छायांकन भएको उक्त भिडीयोमा रुजेश शिल्पकार, सबिन मगर, अभिषेक शिल्पकार, सुशान्त क्षत्री, सुमन लामिछाने, निश्चल काङ, अमृत मगर, बिन्ती, श्रृजना थकाली, दिब्या मगर, लिडिया मगर, समि लिङ्खा, मनिषा खड्का, अनिसा मगर, कृती मगर लगायतको अभिनय देख्न सकिन्छ ।

भिडीयो दिन तथा रातमा छायांकन गरिएको ब्याण्ड प्रमोटर रुजेश शिल्पकारले जानकारी गराए । भिडीयोलाई दिपसन डङ्गोलले छायांकन तथा निर्देशन गरेका हुन् । गीतमा संगीत अमृत धितालको रहेको छ । ब्याण्डले उक्त गीत तथा भिडीयोचाडैं नै दर्शक स्रोत माझ लिएर आउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu