रिमिक्स भयो लगनखेल (भिडियो सहित)



lagankhel

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पहिलो एल्बमबाट नै निकै चर्चा कमाउन सफल रमण रेग्मीले दर्शक, स्रोता माझ नयाँ गीत बजारमा लिएर आएका छन् ।

२०६४ सालमा पहिलो एकल एल्बम ‘समर्पण’ लिएर आएका गायक रेग्मीले अर्को नयाँ गीत बजारमा ल्याएका छन् । पहिलो एल्बम सार्वजनिक गरेलगत्तै अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका रेग्मीले गायक सुन्दर नेपाली तथा मधु क्षेत्रीको पुरानो गीत ‘घर त लगनखेल…..’लाई रिमिक्स गरी नयाँ भिडियो बजारमा ल्याएका छन् ।

उक्त भिडियोमा सुचित्रा आचार्य तथा पुस्करले अभिनय रहेको छ । प्रसन्न पौडेलको निर्देशन्, बिदुर पाण्डेको छायाँकन तथा टेकेन्द्र शाहको सम्पादन गरेको उक्त भिडियोलाई दर्शकले मन पराउनेमा गायक रमण विस्वस्त देखिएका छन् ।

कुनै समय घर त लगनखेल नामक गीतले लाखौं नेपालीको मन जित्न सफल भएको थियो र आज पनि उक्त गीतलाई आम दर्शकले उतिकै मन पराउने गरेका छन् ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu