कन्सर्टले लग्यो १६ जनाको ज्यान



concert

एजेन्सी । दक्षिण कोरियामा एक सांगीतिक कार्यक्रमका क्रममा भएको दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

संगनाम सहरको एक खुल्ला अडिटोरियमको भेन्टिलेसन जालीमा ३० जना व्यक्ति उभिएका बेला जाली छिनेर दुर्घटना भएको हो । ३३ फिट तलको अन्डरग्राउन्ड पार्किङमा खसेपछि उनीहरुको मृत्यु भएको बताइएको छ ।

उनीहरु कोरियामा चर्चित महिला ‘ब्यान्ड’को पप ‘कन्सर्ट’ हेर्न पुगेका थिए । कन्सर्ट हेर्न करिब सात सय व्यक्ति पुगेका थिए । दुर्घटनामा पर्नेमा धेरैजसो विद्यार्थी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu