घरबार बसाउने सुरमा गायिका सहिमा श्रेष्ठ (भिडियो)



Sahima

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गायिका तथा मोडल सहिमा श्रेष्ठले हालै सार्वजनिक भएको आफ्नो म्युजिक भिडियोलाई दर्शकले औधी मन पराएको बताएकी छिन् । केही दिनअघि मात्र सार्वजनिक भएको ‘सहिमाको श्रृंगार’ नाम म्यूजिक भिडियोप्रति दर्शकबाट राम्रो प्रतिक्रिया पाएको बताएकी उनले सो म्यूजिक भिडियो प्रेमसँग सम्बन्धित रहेको जानकारी दिइन् ।

नौ वटा म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेकी श्रेष्ठले ‘सहिमाको श्रृंगार’ आफ्नो तेश्रो म्युजिक भिडियो रहेको र केही महिनापछि चौथो ल्याउने तयारी भइरहेको जानकारी दिइन् । ‘तिम्रो साथ पाएं भने घरबार बसाउँछु’ लगायतका शब्द रहेको ‘सहिमाको श्रृंगार’ म्युजिक भिडियोमा उनले स्वरमात्रै दिएकी छैनन् मोडलिङ पनि आफैले गरेकी छिन् ।

‘सहिमाको श्रृंगार’ म्युजिक भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् भने नृत्य निर्देशन गोविन्द राईले गरेका छन् । यस्तै महेश खड्का र हरि लम्सालको संगीत रहेको सो म्युजिक भिडियोमा युवराज गुरुङ, किरण केसी, रविन्द्र आशिष सैली र तुलसी बस्नेतको शब्द रहेको छ ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu