आफ्नै फ्यानसँग गायक प्रमोद खरेलको प्रेम (भिडियो सहित)



pramod

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लाखौं दर्शक, स्रोताका ढुकढुकी बन्दै गएका लोकप्रिय गायक प्रमोद खरेलका साधारण मानिसहरु मात्र होइन नेपालका चर्चित व्यक्तिहरु पनि उनका फ्यान छन् । त्यहि भिडकी एक नायिका केकी अधिकारी पनि हुन् प्रमोदकी फ्यान बनेकी छन् । उनी वास्तविक जीवनको नै प्रमोदा फ्यान हुन् । प्रमोदले गाएका प्रत्येक गीतहरु आफुलार्इृ मन पर्ने केकी बताउछिन् । तर प्रमोदको फ्यान केकी भएता पनि प्रमोद भने केकीलाई जर्बजस्त प्रेम गरिरहेका छन् ।

प्रमोदको स्वरमा रहेको एउटा गीत धेरैलाई बाँड्दा नपुग्ला मायाको म्युजिक भिडियोमा भने प्रमोदको जर्बजस्त फ्यान भएको दर्शाउन लोभलाग्दो अभिनय गरेकी छिन् । उक्त भिडियोमा केकी प्रमोदको निकै ठुलो फ्यान भएको र विस्तारै विस्तारै दुवै जना विच प्रेम सम्बन्ध रहेको देख्न सकिन्छ । भिडियोमा हातमै प्रमोद लेखिएको ट्याटुका साथ उनी डाइहार्ट फ्यान भएको अभिव्यक्त गर्छिन् । प्रमोदलाई पछ्याउँदै स्टुडियो देखि कन्सर्टसम्म उनी धाउछिन् । अन्तत उनीहरुबीच भिडियोमा प्रेम अंकुरण हुन्छ । तर शहरिया जीवनशैलीमा भर्खर घुलमिल हुदै गर्दा युवतीहरु विचलित भएर साँचो प्रेम विर्सदैं धेरैको बेडसम्म पुग्छन् भन्ने पात्रको रुपमा केकीले अभिनय गरेकि छिन् ।

पछि वितृष्णा भएर वैराग्य भावमा उनी प्रमोदसँग माफी माग्छिन् तर केकीलाई पनि साँचो माया गरेका प्रमोद उनको प्रेम स्वीकार्ने नस्विकार्ने दोसाँधमा देखिन्छन् । भिडियोको मुलत कथा यहि नै हो । अमेरिका बस्दै आएकि श्रद्धा अधिकारीको शब्द र संगीतकार अर्जुन पोख्रेलको संगीतमा बनेको यो गीतलाई धेरै स्रोताले रुचाएका छन् । भिडियोलाई विदुर खतिवडाले निर्देशन गरेका छन् ।

भिडियोमा प्रमोद र केकीका अतिरिक्त सहज बराल र सुमित ढकालले अभिनय गरेका छन् । हरि हुमागाईको छायाकंन र निशान घिमिरेको सम्पादन रहेको यो म्युजिक भिडियोलाई एकसाता भित्रै हजारौं दर्शकले युट्युब मार्फ हेरिसकेका छन्

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu