स्टार प्लसबाट ‘सगरमाथा’को कथा आउँदै



everestठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली भुमिमा धेरै चिज छन् जसले नेपाललाई अझ नजिकबाट चिनाउछ । त्यस मध्यकै एक हो नेपालमा रहेको संसारकै अग्लो शिखर ‘सगरमाथा’, जुन हेर्नको लागि मात्र पनि हरेक दिन सयौँ विदेशी पर्यटक नेपाल आउने गर्छन । सगरमाथाको दृश्य नेपालमा मात्र होइन विदेशका विभिन्न कुना कुनामा समेत पुगिसकेका छन् ।

संसारभरका धेरै चलचित्रमा पनि सगरमाथाका दृश्यहरु धेरै कैद भएका छन् । अब फेरी सगरमाथाको दृश्यलाई भारतको प्रमूख च्यानल स्टार प्लसमा देख्न पाईने भएको छ । ‘एभरेष्ट’ नामक टेलिश्रृंखलामा सगरमाथालाई देखाइएको छ । जुन कार्यक्रम सोमावर राती १० बजेबाट प्रशारण हुँदैछ ।

सगरमाथाको आधार शिविर र लुक्ला खिचिएको यो श्रृंखलामा एक यूवतीको कथा देखाउन खोजिएको छ । १ सय भागको सिरियललाई ग्लेन बारेट र अंकुश मोहलाले निर्देशन गरेका हुन् । बाबुबाट अपहेलित एक छोरीले बाबु नै सफल हुन नसकेको सगरमाथाको सफल आरोहण गर्ने लक्ष्य लिएको कथामा टेली सिरियल तयार पारिएको हो ।

आशुतोष गोवारिकरले निर्माण गरेको यस टेली सिरियललाई भारतकै सबैभन्दा महङ्गो सिरियलका रुपमा चर्चा गरिएको छ । सगरमाथा क्षेत्रमा गरिएको सुटिङका कारण यसको लागत महङ्गो पर्न गएको निर्माण भएको बताइएको छ । सिरियलमा अन्जली नामकी एक पात्र र उनको जीवनमा आइपर्ने विभिन्न उतारचढावमा ‘एभरेष्ट’ घुमेको छ ।

यस सिरियलको मुख्य अंश ५ हजार ३ सय ६० मिटर उचाइमा अवस्थित सगरमाथा आधार शिविरमा सुटिङ गरिएको छ । यस सिरियलमा एआर रहमानले संगीत भएका छन् । रहमानले संगीत भरेको यो पहिलो सिरियल पनि हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu