अमेरिकामा राजेशलाई प्रेमको बर्षा



rajesh-payal

ठुलोपर्दा डटकम ।
बच्चा देखी बुढा सम्मका लोकप्रिय गायक राजेश पायल राई अहिले नेपालमा भन्दा बढि विदेशका सांगीतिक कार्यक्रममा व्यस्त हुँदै गएका छन् । मिठो आवाजका धनी राईले न्युयोर्कको अष्टोरियास्थित चियान फेडेरेशन हलमा हालै आयोजित कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गर्दा त्यहाँका युवतीहरुले राजेशलाई प्रेमको बर्षा छोडेका छन् ।

उनले कतिलाई भनुन् ‘लभ यु टु‘’? त्यसैले हाँसेरै टार्दैछन् उनी ‘लभ यु’का वर्षाहरु । दर्शन नमस्ते, नाई न भन्नु ल, धरान धनकुटा भेटेटार, सागर सरी चोखो मायाजस्ता गीत प्रस्तुत गर्दा दर्शक चुप लागेर बस्न सकेनन् । पार्श्र्वगायन तथा आधुनिकमा उत्तिकै लोकप्रिय राईले कार्यक्रममा बल्लबल्ल भेट भो आदाङबे, मोहनी लाग्ला है, दिक्तेल बजार, चौबन्दी चोलीले, तिम्रो मुस्कान, नमाग मसँग, छैन तिमी बाहेक, तीन तारा तीनतिर, सिरै फूल, नौजाले मायाले, माथि–माथि लेखबाटजस्ता आफ्ना लोकप्रिय चलचित्र तथा आधुनिक गरी दुई दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए ।

उनले स्टेजमा गीत गाइरहँदा स्टेज मुनी रहेका महिला फ्यानहरुले राजेशलाई ‘आइ लब यू’ भन्दै रमाउँदै थिए । समासेवी केशवराम राईको संयोजकत्वमा आयोजित कार्यक्रममा गायक राईले चलचित्र र आफ्ना एल्बमका चर्चित दुई दर्जन बढी गीत प्रस्तुत गरेका थिए । अमेरिकाको विभिन्न स्थानमा एक दर्जन बढी कन्सर्ट गरिसकेका राईको मेगा स्टार दोस्रो एकल सांगीतिक कार्यक्रममा थियो । उनी अझै एक महिना अमेरिकामै ब्यस्त हुनेछन् । करिब १ महिना लामो अमेरिका बसाई पछि उनी नेपाल पर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu