सत्यताको सफलताले बन्यो ‘सत्यता २’



resh-ashisma

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गीतकार गोविन्द प्रसाद उपाध्यायले ‘सत्यता’ एल्बममा पाएको सफलता सँगै अब ‘सत्यता २’ सार्वजनिक गर्ने तयारी गरेका छन् । यहि क्रममा उपध्यायले दोस्रो एल्बममा ‘म त तिम्रो नफापेको मान्छे’ को गीतको भिडियो बनाएका छन् ।

यसै साता छायांकन गरिएको उनको भिडियोमा रेश मरहट्ठा र अशिष्मा नकर्मीको अभिनिय रहेको छ । निकिता थापाको स्वर, गोविन्द प्रसाद उपाध्यायको शब्द र हरी लम्सालको संगीत रहेको गीतमा नफापेको, नजुरेको जस्ता शब्द प्रयोग गरिएको हुनाले भिडियोमा अन्धविश्वास र धार्मिक आस्थालाई मुख्य बिषय बनाएको निर्देशक प्रदिप निरौलाले जानकारी दिए ।

राजधानीको बस्ती स्थित ज्ञार्नेश्वर मन्दिर र गौरीघाट स्थित महादेव होटलमा छायांकन गरिएको उक्त भिडियोलाई हरि हुमागाईँले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu