शंकर बिसीलाई प्रहरीको चेतावनी, ट्राफिक पोशाकको दुरूपयोग नगर्न आग्रह



shankar-BC

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लोकदोहोरी गीतका नृत्य निर्देशक शंकर विसीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले सोधपुछका लागी बोलाएको छ । नृत्य निर्देशक शंकर बिसीले म्युजिक भिडियो ट्राफिक पोशाकको दुरूपयोग गरेको भन्दै सोधपुछलागी बोलाइएको बताइएको छ ।

महाशाखाका डिआइजी केशव अधिकारीकै निर्देशनमा बिसीलाई कार्यालयमै बोलाएर सोधपुछ गरिएको हो । अबदेखि ट्राफिक प्रहरीको पोशाक बिना अनुमति दुरूपयोग नगर्न पनि उनलाई चेतावनी दिइएको बताईएको छ । कार्यालयबाट पटक-पटक फोन आएपछि बिसी कलाकार श्री थापासँगै महाशाखा पुगेका थिए ।

‘काफलको बुटामा अम्बा पाक्दैन’ बोलको गीतमा रश्मी तामाङसँग निर्देशक बिसी आफैं देखिएका छन् । गीतको म्यूजिक भिडियोमा ट्राफिक प्रहरीको पोशाक लगाएका ५ महिलाले चालक बनेका बिसीसँगै नाचेका छन् । यस्तै गीतमा एक जना महिला जीपको छतमा बसेको पनि देखाइएको छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu