शुक्रवारबाट राजधानीमा ‘कथाका धागोहरु’ फुकाईँदै



ekadeshmaठुलोपर्दा डटकम, काठमाण्डौ। ‘कथाका धागोहरु’ मूल नाराका साथ अन्डरग्राउन्ड टकिजले आयोजना गरेको छोटा फिल्मको मेला एकादेश फिल्म फेस्टिभल शुक्रवारदेखि राजधानीमा सुरु हुँदैछ। फेस्टिभल शुक्रबार र शनिबार कुमारी हल र आइतबार सर्वनाम थिएटरमा हुनेछ।

फेस्टिभलमा देशी तथा विदेशी फिल्ममेकरको सहभागिता रहनेछ। सडक बालकको कुलत जीवनबारे कथा भन्ने फिल्म ‘द कन्टाजियस अपारियन्स अब डम्बरे डेन्ड्राइट’ प्रथम प्रिमियर हुने चलचित्र हो। अन्तिम दिन ‘ब्रेइभ गर्ल’ देखाईनेछ । फेस्टिभलमा २९ देशी तथा विदेशी फिल्म प्रदर्शन हुनेछन्, जसमा १६ वटा नेपाली चलचित्र रहेका छन्।

नेपाल खण्डमा विजयी हुनेलाई ३० हजार र पोस्टप्रोडक्सन सुविधा निःशुल्क प्रदान गरिने भएको छ । विद्यार्थी खण्डमा विजयी हुनेलाई २० हजार दिइने भएको छ । दर्शकको मतको आधारमा सर्वोत्कृष्ट फिल्म छनौट गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu