डिएसपी सानुरामको गायन यात्रा फराकिलो बन्दैं



sanuram

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
डिएसपी सानुराम भट्टराई आफ्नो पहिचानलाई फराकिलो बनाउनका लागी कसरत गरिरहेका छन् । जनताको सेवामा निरन्तर लागिरहेका भट्टराईले पछिल्लो समयमा आफुलाई गायकको रुपमा चिनाउन लागेका हुन् । ‘फुल जस्तै थियो माया’ बोलको गितमा उनी आफैंले नै आवाज भरेका छन् ।

प्रकाश कटुवालको संगीत र रमेश बराईलिको शब्द संयोजनमा तयार उक्त गितले यतिबेला चर्चा पाईरहेको छ । स्मृति म्युजिक कम्पनिबाट बजारमा आएको उक्त गितलाई विस्तारै एल्वममा समावेश गर्ने भट्टराईले बताए । प्रहरी सेवामा लाग्नु अगावै गित संगित प्रति निकै रुचि भए पनि उचित समय नमिल्दा आफ्नो कला बाहिर पस्कन नसकेका उनले पछिल्लो समयमा राम्रो शब्द र संगितकार सँग काम गर्न पाएपछि मात्र आफुले गाएको बताउछन् ।

पहिलो पटक गाएको भएपनि उनको स्वर सुन्दा कुनै नौलो गायकले गाएको आभाष नहुने सानुरामको गायन क्षेत्रमा पनि राम्रो सम्भावना देखिएको छ । महाराजगञ्ज वृतमा कार्यरत सानुराम देश सेवासँगै अव सांगीतिक क्षेत्रमा पनि निरन्तर लागि पर्ने बताउछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu