१४ बर्षिय किशोरको प्रेमिका फकाउँने स्टाईल (भिडियो सहित)



aman

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
१४ वर्षे एउटा किशोर आफ्नी प्रेमिकालाई फकाउन शब्द, संगीत र भिडियो मार्फत कोशिस गरिरहेका छन् । ‘तिमी मानन’ बोलको गीत मार्फत १४ वर्षे एक किशोरले आफ्नी प्रेमीकालाई फकाउन खोजिरहेका छन् । तर प्रेमीका भने आफ्नो प्रेमीको कुरा नै सुनिरहेकी हुदिनन् तर अन्तिममा प्रेमीको अटुट माया देखे पछि उनी आफ्नो प्रेमीको आंगाल्न बाँधिन बाध्य हुन्छिन् ।

विभिन्न चाउचाउको विज्ञापनमा आवाज दिएर सांगीतिक आकाशमा राम्रो परिचय बनाउदैं गएका अमन प्रधानको ‘रक द वल्ड’ एल्बममा समेटिएको तिमी मानन, कुरा मानन् बोलको गीतमा स्वर मात्र होइन म्यूजिक भिडियोमा पनि अब्बल अभिनय गरेका छन् । उनका साथमा इसान थापा देखिएकी छिन् । संगीतकार तथा एरेन्जर राहुल प्रधानका छोरा अमनले तीनवटा एल्बम पनि बजारमा ल्याइसकेका छन् ।

ईमेज म्यूजिक अवार्डमा कान्छा विजेता बनिसकेका अमनको यो नयाँ गीतमा बासु ढकालको शब्द रहेको छ भने उनकै बुवा राहुल प्रधानले संगीत दिएका छन् । भिडियोलाई धिरज अधिकारीले निर्देशन तथा सम्पादन गरेका छन् ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu