रन्जन र सम्पदाको सारंगीको तार टुटेपछी



ranjan

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
साहित्यकार एवं रचनाकार हेमन्त ढुंगेलको शब्द रचनामा तयार भएको ‘प्रतिबिम्ब’मा समावेश टुट्यो तार सारंगीको बोलको गीतको हालै छायांकन सम्पन्न भएको छ । बिल्कुलै नयाँ प्रस्तुतिका साथ यो भिडियोलाई तयार गरिएको भिडियाका निर्देशक विधान कार्कीले बताए ।

भिडियोमा रन्जन रिजाल र सम्पदा बानियाँलाई जोडीको रुपमा देख्न सकिन्छ । भिडियोमा सफल मानिसको जिन्दगीको भोगाई र उसको असफल परिस्थितिको कथामा म्युजिक भिडियोले प्रस्तुत गरिएको छ । भिडियोलाई बिदुर पाण्डेले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् ।

शिशिर योगीको स्वर तथा अशोक थापाको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई केहि दिनमा नै बजारमा ल्याउने तयारी भैइरहेको छ । काठमाडौँ भित्रै शुटिंग गरिएको उक्त म्युजिक भिडियोलाई राम्रो बनाउन कुनै पनि कसरत बाँकी नराखेको पनि निर्देशक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu