‘देशना’का साथ दिनेश सुनारको कमब्याक



dinesh

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चर्चित ब्याण्ड ‘मोक्ष’का भोकलिस्ट दिनेश सुनार लामो समय पछि आफ्नो एकल सोलो एल्बमका साथ दर्शक श्रोतामाझ फर्किएका छन् । बिगत १६ बर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय चर्चित ब्याण्ड “डी मोर्चा”का लिड गीतारिस्ट समेत रहेका सुनार आफ्नो पहिलो सोलो एल्बम ‘देशना” मार्फत फर्किएका हुन् ।

आफ्नै स्वर,शब्द एवंम कम्पोजमा ‘देशना’ अर्थात् ‘उपहार’ एल्बम दिनेशले बजारमा ल्याएका छन् । नेपालमै पहिलो पटक एकोएस्टिक सिंगिंग पिकिंग गितारसहित नेपाली मौलिक वाद्यवादन ‘सनाई’ प्रयोग गरी गायक सुनारले सोलो पप एल्बम बजारमा ल्याएका हुन् |

पल्स म्युजिकमार्फत गोपाल रसाइलीले एरेन्ज गरेको एल्बममा ‘ओ हेर’,’म सक्दिन’,’हेर न हेर’,’जहाँ छ जीवन’,’तिमी आउछौ भने’,’संगै बाचौ’ गरी ६ वटा गीत समाबेश गरिएको छ | दिपेन्द्र केसी निर्देशित ‘म सक्दिन’, अयुब केसी निर्देशित ‘ओ हेर’, मिलन शंखर निर्देशित ‘तिमी आउछौ’को म्युजिक भिडियो समेत बजारमा आइसकेको छ

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu