अजयको दोस्रो एल्बम बजारमा, ल्याए ‘फेरि अर्को रहर’



rahar

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पहिलो एल्बमबाट राम्रो चर्चा कमाएका गायक तथा संगीतकार अजय अधिकारी ‘सुशिल’ले बजारमा दोस्रो एल्बम बजारमा लिएर आएका छन् । केहि दिन अगाडी काठमाडौंमा आयोजित कार्यक्रम ‘फेरि अर्को रहर’ नामक एल्बमलाई नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटा र गीतकार रत्नशमशेर थापाले विमोचन गरेका थिए ।

तीनवटा गीतमात्र समावेश भएको एल्बममा शब्द, संगीत र स्वर अजय आँफैले गरेका छन् । सार्वजनिक एल्बममा लोक तथा पप फ्लेभरको ‘झर्किंदै मसँग’, आमाप्रति समर्पित ‘बडेमानको घाँसको भारी’ र बालबालिकालाई पढ्न प्रेरित गर्ने ‘पढ्न आऊ भनेर कसले बोलायो’ छन् । तेस्रो गीत भने बालप्रतिभा समीक्षा बस्नेतले गाएकी हुन् ।

अजयले यसअघि गीत लेखनको अनुभवबारे लेखिएको पुस्तक भोगें, देखें अनि लेखें बजारमा ल्याइसकेका छन् भने मान्छे फिल्मको निर्माणमा पनि जुटिरहेका छन् । पहिलो एल्बमबाट पाएको सकारात्मक प्रतिक्रियाले हौसिएर दोस्रो पनि ल्याएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu