राजेशपायलले नचाए एक हजार मानिसलाई



rajesh

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली संगीतका बादशाह राजेशपायल राईले आफ्नो अमेरिका भ्रमणको सांगीतिक श्रृंखलालाई साउथ डकोटामा गएर यसपटकलाई अन्त्य गरेका छन् । साउथ डकोटामा भएको सांगीतिक कार्यक्रम अत्यन्त भब्य र सभ्य भएको र अहिले सम्मकै साउथ डकोटामा भएको सांगीतिक कार्यक्रमहरुकै सबै भन्दा उत्कृष्ट कार्यक्रम रहेको आयोजकहरुले बताएका छन् ।

कार्यक्रम संयोजक लाली गुरुङका अनुसार कार्यक्रममा करिब १ हजार भन्दा बढि दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रम गुरुङ समाज र लाली गुरुङ, नरेश गुरुङ, वुद्ध शुब्भा र रवि गुरुङले आयोजना गरेका हुन् । अमेरिका भ्रमणको सांगीतिक कार्यक्रम अन्तरगत साउथ डकोटामा राजेशपायल राईले नाईँ नभन्नु ल, तिम्रो मुस्कान, सर सर माया ओर ओर, दर्शन धनकुटा भेडेटार, दर्शन नमस्ते, सागरसरी चोखो माया लगायतका दर्जनौ गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले अहिले सम्म आफुले प्रस्तुत गरेको सांगीतिक कार्यक्रममा मध्यकै उत्कृष्ट आउड सिष्टम रहेको बताउदै राईले आउड सिष्टम इन्जिनियर तथा नेपालबाट गएका संगीतकार एवं एरेन्जर पविधन खालिङलाई पनि राईले सम्मान गरेका थिए । साउथ डकोटामा गायक राईको अमेरिका भ्रमणको अन्तिम सागीतिक श्रृखला हो । अब गायक राजेशपायल राई क्यानडा, बहराइन, कतार लगायतका ठाँउहरुमा सांगीतिक कार्यक्रमको लागी प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu